अस्ट्रेलियाको परिवर्तनशील अध्यागमन नियमले यहाँ अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई बेला – बेलामा तर्साइरहने गर्छ। यहाको स्थाई बसोबासको प्रवेशाज्ञा लिने चाहनालाई स्वरुप दिनको लागि विद्यार्थीहरु अध्यागमन अंक संकलन (Immigration Point Collection) मा कसरत गरिरहनु पर्ने अवस्था बिधमान छ।
यहि अंक संकलन प्रक्रियामा NAATI ले संचालन गर्ने CCL कार्यक्रमले पनि थप ५ अंक लिनको लागि सहयोग गरेको छ। ७०% उत्तिर्णाङ्क भएको यस परीक्षा स्वाभाविक रुपमा सामान्य नै हुने भए पनि विद्यार्थीहरुले चाहिने भन्दा बढी अप्ठ्यारो रुपमा लिने गर्ने गरेका छन्।
शुद्ध नेपाली र अंग्रेजी भाषाको प्रयोग गरिनु पर्न भए पनि जबरजस्ती नेपालीकरण गर्न खोज्दा कहिलेकाँही वाक्य संरचना (Sentence structure) र यसको मूल भाव नै अलि अप्राकृतिक तथा अनौठो सुनिने हुन्छ।
त्यसकारण, प्रत्यक शब्दमा मात्रै जोड नदिई त्यो पुरा वाक्य वा खण्डले के सन्देश दिन खोजेको हो त्यसलाई विशेष ख्याल गर्नु पर्छ। यसले वास्तविक अर्थ बुझ्न र त्यसलाई सम्प्रेषण गर्न पनि सजिलो हुन्छ।

यो माथिको अनुवादन मेरा एक जना विद्यार्थीले कतै देखेर मलाई पठाउनु भएको हो। यो जबरजस्ती अनुवादनको एउटा नमुना हो। धेरै विद्याथीहरु पनि शब्दमै बढी जोड दिँदा सामान्य अर्थ नै नबुझिने गरी बंग्याउने गरी सन्देश सम्प्रेषण गरेको पाइन्छ ।