Categories
CCL

Listening skills in CCL

PTE मा हुने Repeat Sentence मा हामीले त्यहाँ प्रयोग भएको शब्दहरुलाई जस्ताको तस्तै दोहोर्याउनु (Repeat) पर्ने हुन्छ। यदि भएन भने जुन सुकै शब्द छुटेको भए पनि त्यसबाट (अंक) Number जाने गर्छ।

तर, CCL मा त्यहाँ प्रयोग भएको सबै शब्दहरुलाई उल्था गर्ने नभई त्यसको मुख्य विषय वा सन्दर्भ मात्रै उल्था गर्ने हो। त्यसकारण, सबै शब्दहरुलाई स्मरण नगरी मुख्य विषयलाई मात्रै स्मरण गर्दा सन्दर्भ स्पष्ट पार्न सकिन्छ भने धेरै जानकारी संकलन गर्न पनि सजिलो हुन्छ। यहाँ ध्यान पुर्याउनु पर्ने कुरा भनेको कुन चाही शब्द मुख्य शब्द हो भन्ने थाहा पाउने हो ।

यदि वाक्यमा, ‘म बिगत ५ वर्ष देखि सिड्नीमा बस्दै आएको छु।’ भनिएको छ भने यसबाट लिनु पर्ने सूचना भनेको: ५ वर्ष,’ सिड्नी’ र बसेको’। झन्डै ९-१० वटा शब्द भएको उक्त वाक्यबाट हामीले केवल ३-४ शब्द लिएरै पुरा जानकारी प्राप्त गर्न सक्छौँ।

 Audio सुन्दा वाक्य संरचना (Sentence Structure) हरु विभिन्न खालका हुन सक्छन् । तर पनि माथि दिईएको बिधि लगभग सबै खालका वाक्यमा प्रयोग गर्न सकिन्छ।

 PTE को Repeat Sentence भन्दा फरक CCL मा सबै खण्ड (Segment) हरु एक अर्कामा सम्बन्धित हुन्छन्। अर्थात्, एउटा खण्डमा प्रश्न सोधिएको छ भने त्यसपछिको खण्डमा सो प्रश्न को उत्तर दिईएको हुन्छ। त्यसैले, समग्र सम्बादको शिर्षक के छ त्यसलाई ख्याल राखी रहने हो भने प्रत्यक खण्डलाई स्मरण गर्न सजिलो हुन्छ।

Categories
CCL Tips

5 things to remember before appearing on Nepali NAATI CCL exam

बेलैमा योजना बनाउनुस्:

तपाईंको बिश्वबिधालय पाठ्यक्रम र यसको स्थाई बासिन्दा प्रवेशाज्ञा सम्बन्धि सम्भावना बारे जानकारी लिएर त्यसका लागि आवश्यक अंक बारे सचेत रहनुस्। यस्ता निर्यण प्राय: बिश्वबिधालय अध्ययनरत रहँदा नै, अझ खास गरी समर ब्रेक तथा अन्तिम सेमेम्स्टर बाँकी रहँदा नै गरी सक्नु पर्छ।

समयको सदुपयोग:

Temporary Resident Visa अर्थात् TR को समयलाई सजिलो पार्न (काम गर्नको लागि तथा आफुलाई रुचि भएको छेत्रमा केहि तालिम लिन) विद्यार्थी प्रवेशाज्ञामा छँदै अनि त्यसमा पनि समर ब्रेक लिनु भयो भने त्यो समयलाई IELTS , PTE , OET अनि CCL जस्ता कार्यक्रम सकाएर बस्नुस्।   

तयारी समय:

पहिले प्रयासमै CCL परीक्षामा सफल हुनलाई लाग्ने तयारी समय व्यक्ति अनुसार फारम पर्छ। सामान्यतया: २ देखि ३ दिन महिनाको समय राख्नु भयो भने त्यो उपयुक्त हुन्छ।

समय व्यवस्थापन:

एकलब्य ध्यान सफलताको एउटा सुत्र नै हो। ध्यान विकेन्द्रित नहुने गरी समय व्यवस्थापन गर्नु होस्। जस्तै कि, एकै पटक IELTS , PTE र CCL परीक्षाको तयारी गर्नुहोस्।

आलटाल नगर्नुस्:

२ देखि ३ महीनाको तयारी पछि CCL को परीक्षा दिने निर्णय गर्नुहोस्। तयारी सके पछि परीक्षाको लागि धेरै समय कुर्नु भयो भने यसले गर्दा सिकेको कुराहरु फेरी भुल्न सकिन्छ।

Categories
CCL Tips

CCL र ध्यान दिनु पर्ने कुरा

अस्ट्रेलियाको परिवर्तनशील अध्यागमन नियमले यहाँ अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई बेला – बेलामा तर्साइरहने गर्छ। यहाको स्थाई बसोबासको प्रवेशाज्ञा लिने चाहनालाई स्वरुप दिनको लागि विद्यार्थीहरु अध्यागमन अंक संकलन (Immigration Point Collection) मा कसरत गरिरहनु पर्ने अवस्था बिधमान छ। 

यहि अंक संकलन प्रक्रियामा NAATI ले संचालन गर्ने CCL कार्यक्रमले पनि थप ५ अंक लिनको लागि सहयोग गरेको छ। ७०% उत्तिर्णाङ्क भएको यस परीक्षा स्वाभाविक रुपमा सामान्य नै हुने भए पनि विद्यार्थीहरुले चाहिने भन्दा बढी अप्ठ्यारो रुपमा लिने गर्ने गरेका छन्। 

शुद्ध नेपाली र अंग्रेजी भाषाको प्रयोग गरिनु पर्न भए पनि जबरजस्ती नेपालीकरण गर्न खोज्दा कहिलेकाँही वाक्य  संरचना (Sentence structure) र यसको मूल भाव नै अलि अप्राकृतिक तथा अनौठो सुनिने हुन्छ। 

त्यसकारण, प्रत्यक शब्दमा मात्रै जोड नदिई त्यो पुरा वाक्य वा खण्डले के सन्देश दिन खोजेको हो त्यसलाई विशेष  ख्याल गर्नु पर्छ। यसले वास्तविक अर्थ बुझ्न र त्यसलाई सम्प्रेषण गर्न पनि सजिलो हुन्छ।

यो माथिको अनुवादन मेरा एक जना विद्यार्थीले कतै देखेर मलाई पठाउनु भएको हो। यो जबरजस्ती अनुवादनको एउटा नमुना हो। धेरै विद्याथीहरु पनि शब्दमै बढी जोड दिँदा सामान्य अर्थ नै नबुझिने गरी बंग्याउने गरी सन्देश सम्प्रेषण गरेको पाइन्छ ।