Categories
CCL

Listening skills in CCL

CCL मा त्यहाँ प्रयोग भएको सबै शब्दहरुलाई उल्था गर्ने नभई त्यसको मुख्य विषय वा सन्दर्भ मात्रै उल्था गर्ने हो। त्यसकारण, सबै शब्दहरुलाई स्मरण नगरी मुख्य विषयलाई मात्रै स्मरण गर्दा सन्दर्भ स्पष्ट पार्न सकिन्छ ।

PTE मा हुने Repeat Sentence मा हामीले त्यहाँ प्रयोग भएको शब्दहरुलाई जस्ताको तस्तै दोहोर्याउनु (Repeat) पर्ने हुन्छ। यदि भएन भने जुन सुकै शब्द छुटेको भए पनि त्यसबाट (अंक) Number जाने गर्छ।

तर, CCL मा त्यहाँ प्रयोग भएको सबै शब्दहरुलाई उल्था गर्ने नभई त्यसको मुख्य विषय वा सन्दर्भ मात्रै उल्था गर्ने हो। त्यसकारण, सबै शब्दहरुलाई स्मरण नगरी मुख्य विषयलाई मात्रै स्मरण गर्दा सन्दर्भ स्पष्ट पार्न सकिन्छ भने धेरै जानकारी संकलन गर्न पनि सजिलो हुन्छ। यहाँ ध्यान पुर्याउनु पर्ने कुरा भनेको कुन चाही शब्द मुख्य शब्द हो भन्ने थाहा पाउने हो ।

यदि वाक्यमा, ‘म बिगत ५ वर्ष देखि सिड्नीमा बस्दै आएको छु।’ भनिएको छ भने यसबाट लिनु पर्ने सूचना भनेको: ५ वर्ष,’ सिड्नी’ र बसेको’। झन्डै ९-१० वटा शब्द भएको उक्त वाक्यबाट हामीले केवल ३-४ शब्द लिएरै पुरा जानकारी प्राप्त गर्न सक्छौँ।

 Audio सुन्दा वाक्य संरचना (Sentence Structure) हरु विभिन्न खालका हुन सक्छन् । तर पनि माथि दिईएको बिधि लगभग सबै खालका वाक्यमा प्रयोग गर्न सकिन्छ।

 PTE को Repeat Sentence भन्दा फरक CCL मा सबै खण्ड (Segment) हरु एक अर्कामा सम्बन्धित हुन्छन्। अर्थात्, एउटा खण्डमा प्रश्न सोधिएको छ भने त्यसपछिको खण्डमा सो प्रश्न को उत्तर दिईएको हुन्छ। त्यसैले, समग्र सम्बादको शिर्षक के छ त्यसलाई ख्याल राखी रहने हो भने प्रत्यक खण्डलाई स्मरण गर्न सजिलो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *